NepalGuideServices · Rates · Jobs · Tools Search

सीता-हरण

लक्ष्मीप्रसाद देवकोटा

Cover of सीता-हरण

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित सीताहरण खण्डकाव्य अध्यात्म रामायणको आरण्यकाण्डमा आधारित छ। पञ्चवटीमा बसिरहेका बेला सीताले देखेको सुनौलो मृगबाट घटनाक्रम सुरु हुन्छ। सीताको आग्रहमा राम मृग समात्न जान्छन्, तर मृग भाग्दै टाढा लैजान्छ। अन्ततः रामले वाण प्रहार गर्दा मृग मारिचीको रूपधारी भएको थाहा हुन्छ र उसले रावण सीताको हरण गर्न लागेको रहस्य खुलाउँछ। उता कुटीमा बसेकी सीताले रामको आवाज सम्झेर चिन्तित बन्छिन् र लक्ष्मणलाई राम खोज्न आग्रह गर्छिन्। लक्ष्मण नमान्दा सीता रिसाउँछिन् र आरोप लगाउँछिन्। बाध्य भएर लक्ष्मण बाहिरिएपछि रावण जोगीको भेषमा आएर सीतालाई कुटीबाहिर ल्याउँछ र जबर्जस्ती लिएर जान्छ। खण्डकाव्य यही वियोगान्त प्रसङ्गमा समाप्त हुन्छ।

Author
लक्ष्मीप्रसाद देवकोटा
Language
Nepali
Publisher
साझा प्रकाशन
Edition
चौथो, २०६६ · ISBN 978-99933-2-822-3
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.