श्रीमद्भगवद्गीताको गीतासार
लेखनाथ पौड्याल
गीतासारमा श्रीमद्भगवद्गीताका १८ वटा अध्यायमा रहेको भगवान् श्रीकृष्णका दिव्य उपदेशको आशयलाई सरल र संक्षिप्त नेपाली काव्यको रूपमा प्रस्तुत गरिएको छ। वसन्ततिलका छन्दमा लेखिएका २९२ ओटा अर्थपूर्ण र रसिला श्लोकहरूले यो कृति समृद्ध बनेको छ। यसभित्र विषयवस्तुका आधारमा व्यवस्थित १८ वटा साना अध्यायहरू समावेश छन्। गीताजस्तो महान् ग्रन्थको सारलाई सहज भाषामा कलात्मक ढंगले पाठकमाझ पुर्याएर लेखनाथ पौड्यालले आफ्नो उत्कृष्ट साहित्यिक क्षमता प्रदर्शित गर्नुभएको छ, साथै गीताज्ञानपिपासु नेपाली पाठकमाथि ठूलो उपकार पुर्याउनु भएको छ। यो कृति प्रथमपटक कवि चक्रपाणि चालिसेद्वारा सम्पादित नेपाल संक्षिप्त भारत अन्तर्गत प्रकाशित भएको थियो। पछि २०६२ सालमा यसलाई स्वतन्त्र ग्रन्थका रूपमा पुनः प्रकाशित गरिएको छ।
- Author
- लेखनाथ पौड्याल
- Language
- Nepali
- Publisher
- ज्योति पौड्याल
- Edition
- पहिलो, २०६२
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
