NepalGuideServices · Rates · Jobs · Tools Search

लक्ष्मी गीति-सङ्ग्रह

लक्ष्मीप्रसाद देवकोटा

Cover of लक्ष्मी गीति-सङ्ग्रह

निर्मल व्यक्तित्वका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाका बहुमूल्य कृति-रत्नहरू मध्ये एक हो– 'लक्ष्मी गीति-सङ्ग्रह' । विभिन्न कालखण्डमा लेखिएका ७६ वटा गीतहरूको यो सँगालोले उनको तात्कालीन परिस्थिति र मनस्थिति उद्घाटन गर्छन् । कतै मधुरसपान गर्न बसेका बेलाको रूमानी क्षण भेटिन्छ त कतै मधुवालाहरूको रोमान्टिक बयान । कतै शोषक-उद्योगपतिहरूको उछित्तो काढ्छन् भने कतै किसानको बयान गरेर भावुक पार्छन् । राष्ट्रप्रतिको प्रेमचाहिँ जुन कुनै गीतमा छचल्किएको छ । यसमा सङ्कलित धेरैजसो गीतहरू लोक-लयबद्ध छन् । गायनका दृष्टिले असजिलाजस्ता लागे पनि विचार र भावका दृष्टिले गहन् छन् । सामालोचक डा. चूडामणि बन्धुकै शब्दमा– 'कुनै गीतमा हुरीको बेग छ भने कुनैमा समुद्रको गाम्भीर्य, कुनैमा समस्त-क्लिष्ट शब्दावलीको प्रयोग छ भने कुनैमा सरल शब्दावलीको ।'

Author
लक्ष्मीप्रसाद देवकोटा
Language
Nepali
Publisher
मञ्जरी पब्लिकेशन
Edition
पहिलो, २०७५ · ISBN 978-9937-712-41-5
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.