म्हेन्दु
लक्ष्मीप्रसाद देवकोटा
म्हेन्द यो एउटा तामाङ लयको फूल हो। यसमा दोसाँधे नीलो मोहनी छ, जो गोसाईंथानतिरको कुइरे उकालामा चम्कन्छ। मंगोल तथा आर्य- संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा अमरत्वको सङ्केत दिलाएर वनचरी र झर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने आशा गरिन्छ।... यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन् लिएर चार पाँच छ सात शाब्दांशी पङ्क्तिसम्म पाइन्छन्। केही छन्द त संस्कृतका विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन्। यस किसिमको लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै हो। भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना थियो। –लक्ष्मीप्रसाद देवकोटा
- Author
- लक्ष्मीप्रसाद देवकोटा
- Language
- Nepali
- Publisher
- साझा प्रकाशन
- Edition
- पाँचौँ, २०६३ · ISBN 99933-2-493-0
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
