मोतीराम भट्टका गजल तथा गीत
मोतीराम भट्ट
नेपाली भाषामा गजल लेख्ने अभियान ल्याउने मोतीराम भट्ट हुन् । यिनले गजल लेख्न लागेपछि यिनका धेरै मित्रहरू यसबाट प्रभावित भई गजल लेख्न लागे । मोतीरामलगायत अन्य कविहरूका गजलहरू (गीत समेत) संगीत चन्द्रोदय (१९६९) मा प्रकाशित छन् । श्लोक संग्रह (१९५६) मा विज्ञापित भएबाट यो पुस्तक १९५६ सालभन्दा अगाडि प्रकाशित भएको भन्ने थाहा हुन्छ तर यो उपलब्ध छैन । १९६९ सालमा र त्यसभन्दा पछि पनि संगीत चन्द्रोदय धेरै पटक छापिएको पाइन्छ । १९६९ सालमा प्रकाशित संगीत चन्द्रोदयबाट मोती राम भट्टका गजल छुट्याई नेपाली शिक्षा परिषद्ले मोतीराम भट्टका गजलहरू (२०३८) छपाएको छ । यस ग्रन्थावलीमा भएका गजलको प्रमुख स्रोत त्यही पुस्तक र गीतको स्रोत संगीत चन्द्रोदय (१९६९) हो । संगीत चन्द्रोदय (१६६६) मा भएझैं मोतीराम भट्टका गजलहरू (२०३८) मा पनि ३२ गजल मात्र छन् । गफाष्टक (१९६४)मा मोतीरामको अर्को एक गजल पनि पाइएकाले सो समेत ३३ गजल यस ग्रन्थावलीमा प्रस्तुत गरिएका छन्, गीतचाहिं केवल ४ मात्र छन् । –रमा शर्मा
- Author
- मोतीराम भट्ट
- Language
- Nepali
- Publisher
- राष्ट्रिय युवा सेवा कोष (मोती ग्रन्थावली)
- Edition
- प्रथम, २०४५
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
