NepalGuideServices · Rates · Jobs · Tools Search

मेरो राम

लेखनाथ पौड्याल

Cover of मेरो राम

रेडियो सुन्दै गर्दा एक निरक्षर वृद्ध आमाले ‘राम’ का दुई अक्षर लेख्न सिकेपछि “आज मैले मेरो राम भेटेँ” भन्दै खुसीले नाचेको भाव सुनेर आफू अत्यन्त प्रेरित भएको कुरा कविशिरोमणि लेखनाथ पौड्यालले उल्लेख गरेका छन्। यही अनुभूतिबाट उत्पन्न भएर यो काव्यकृतिको सृजना भएको हो। यो रचना सम्पूर्ण रामायणको सार समेटिएको रसात्मक काव्य हो। मूल रामायणझैँ यसमा पनि सातवटै काण्ड समावेश छन्। २१ अक्षरमा पूर्ण हुने सरग्धरा छन्दमा रचित यस कृतिमा जम्मा २७८ श्लोक रहेका छन्। संवेदनशील पाठकले यस कृतिलाई सरल, रसपूर्ण र हृदयसम्म छुने अनुभव गर्नेछन्। विशाल रामायणको विस्तृत कथावस्तुलाई यहाँ अत्यन्तै संक्षिप्त, कलात्मक र रसिलो शैलीमा प्रस्तुत गरिएको छ।

Author
लेखनाथ पौड्याल
Language
Nepali
Publisher
कुन्तीदेवी भट्टराई
Edition
दोस्रो, २०६३
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.