NepalGuideServices · Rates · Jobs · Tools Search

भानुभक्तको रामायण

भानुभक्त आचार्य

Cover of भानुभक्तको रामायण

भानुभक्तको रामायण भानुभक्त आचार्यले वेदव्यासद्वारा संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणको विषयवस्तुलाई नेपाली भाषामा लेखिएको ग्रन्थ हो। यस महाकाव्यमा कविको कवित्व र आफ्नै मौलिकता झल्किएको छ। नेपाली साहित्यको स्तम्भ मानिने भानुभक्तीय रामायणकै आधारमा नेपाली साहित्यलाई विभिन्न कालखण्डमा वर्गीकरण पनि गर्न खोजिएको छ। विभिन्न काण्ड र यसका विषय – बाल काण्ड : यसमा भगवान राम तथा उनकादाजुभाइहरूको जन्म र यौवन काल एवम् राम र लक्ष्मणका पराक्रमहरूको वर्णन गरिएको, सीताको स्वयम्बर र राम सीताको विवाहको वर्णन अयोध्या काण्ड : रामको वनवास र दशरथको मृत्युको विवरण, भरतको दाजुप्रतिको भातृप्रेम अरण्य काण्ड : रामले वनबासका क्रममा गरेका यात्राहरूको विवरण, रावणद्वारा सीता हरण किष्किन्धा काण्ड : राम र लक्ष्मणको हनुमानसँगको भेट, रामबाट बालीमाथि वाण प्रहार, शुग्रिब राजा घोषित सुन्दर काण्ड : हनुमानको लङ्का यात्रा, सीतासँगको भेट युद्ध काण्ड : वानर र लङ्का सेनाको युद्द वर्णन् र राम-लक्ष्मणको पराक्रम उत्तर काण्ड : सीताको अग्नि परीक्ष, रामको मृत्युवरण आदिका वर्णन

Author
भानुभक्त आचार्य
Language
Nepali
Publisher
साझा प्रकाशन
Edition
चौथो, २०६८ · ISBN 978-9937-32-044-3
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.