NepalGuideServices · Rates · Jobs · Tools Search

पिकदूत

मोतीराम भट्ट

Cover of पिकदूत

पिकदूत १९७४ सालमा सूक्तिसिन्धुमा पहिलो पटक छापियो । भाषा पद्य संग्रह (पाण्डुलिपि सं. १९४८ ) मा मोतीरामको बाईस श्लोके पिकदूत छ जसको समाप्ति १९४७ सालमा भएको जनाइएको छ । नेपाली साहित्य जगत्‌मा तहल्का मच्चाउने विभिन्न कविहरूका शृङ्गार रस प्रधान कविताहरूको संकलन भएको सूक्तिसिन्धुमा मोतीरामको तीस श्लोके पिकदूत प्रकाशित छ । २०२४ सालमा जगदम्बा प्रकाशनबाट 'सूक्तिसिन्धु ( फेरि )' शीर्षकमा यो पुनः प्रकाशन हुँदा पिकदूतले फेरि देखा पर्ने मौका पायो । २०२९ सालदेखि साझा प्रकाशनले पनि यसलाई अलग्ग पुस्तकका रूपमा धेरै पटक प्रकाशित गरिसकेको छ । नरदेव पाण्डेले पनि अलग पुस्तकका रूपमा यसको उल्लेख गरेका छन् । यस ग्रन्थावलीमा प्रकाशित पिकदूतको भाषा 'सूक्तिसिन्धु (फेरि)' अनुसारको छ । –रमा शर्मा

Author
मोतीराम भट्ट
Language
Nepali
Publisher
राष्ट्रिय युवा सेवा कोष (मोती ग्रन्थावली)
Edition
प्रथम, २०४५
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.