NepalGuideServices · Rates · Jobs · Tools Search

पंचक प्रपंच

मोतीराम भट्ट

Cover of पंचक प्रपंच

पंचक प्रपंच १९४४ सालमा प्रकाशित कृति हो । यो पुस्तक १९४३ साल कार्तिक महिनामा लेखिएको उल्लेख मोतीरामले नै उक्त कृति (श्लोक २७) मा गरेका छन् । मोतीरामको १९४४ साल अगाडि छापिएको अरू कुनै पुस्तक पाएइको छैन । गोपीनाथ लोहनीले यिनको वर्णन गर्दा यही ग्रन्थ पहिलो हो भन्ने उल्लेख गरेका छन् (मोतीरामको जीवनी पृ. ७७) । हुन त नरदेव पाण्डे र लक्ष्मीदत्त पन्तले गजेन्द्र मोक्षलाई पहिलो मानेका छन् (ऐ.पृ. १६, ७४) तर गजेन्द्र मोक्षको पहिलो प्रकाशन मितिको पत्तो नभएकाले र १९४८ मा प्रकाशित दोस्रो संस्करणमात्र फेला परेकाले पंचक प्रपंचलाई मोतीरामको पहिलो प्रकाशित कृति मानी यसैलाई यस ग्रन्थावलीमा अगाडि पारिएको छ । यस कृतिमा जूवाको खराबी देखाउने २७ श्लोक पंचक प्रपंच र १३ श्लोक तीजको कथा सासु बुहारीको झगरा समावेश भएको छ । पंचक प्रपंचमा यसरी दुइ लामा छोटा कविताको संकलन भएकाले यस कृतिलाई मोतीरामका दुइ कविताको संग्रह पनि भन्न सकिन्छ । उक्त कृतिको पुनः प्रकाशन सं. २०३८ मा प्रजेन्द्र प्रकाशनबाट भएको छ । –रमा शर्मा

Author
मोतीराम भट्ट
Language
Nepali
Publisher
राष्ट्रिय युवा सेवा कोष (मोती ग्रन्थावली)
Edition
प्रथम, २०४५
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.