नेपालको सङ्क्षिप्त वृत्तान्त
बाबुराम आचार्य
इतिहासविद् बाबुराम आचार्यले यस पुस्तकमा नेपालमा आर्यसभ्यताको सुरूवातदेखि मल्ल अनि शाहवंशीय राजा-महाराजाहरूसम्मका आनीबानी, राजनीतिक उतारचढाव, संस्कृति-सभ्यता आदिबारे चर्चा गरेका छन् । साथै तत्कालीन राजपरिवारले छिमेकी मुलुकबीच केकस्तो सम्बन्ध राखे, त्यसको विश्लेषण पनि गरिएको छ । नेपाली जनताको जीवन कुन बेला कस्तो थियो, सभ्यताको ज्योति कसरी जगमगायो, कुन आधारभूत सिद्धान्तहरूका आधारमा देश फस्टायो, फुल्यो र फल्यो, कस्ता दुराचार, भ्रष्टाचार र अत्याचारहरूले नेपाललाई आघात पुयाए, मुलुकको प्रगतिमा कसले रोडा तेायो र उन्नतिका निमित्त बाधक कोको बने ? यी सबैको खोजी यस पुस्तकले गरेको छ । परिश्रमपूर्वक ऐतिहासिक सामग्रीहरूको सङ्कलन गरी लेखिएको यस पुस्तकले नेपालको तत्कालीन आर्थिक, सामाजिक, कूटनीतिक तथा धार्मिक इतिहासलाई राम्ररी प्रस्तुत गरेको छ । एउटा सच्चा इतिहास नेपालको सङ्क्षिप्त वृत्तान्त नेपाल बुझ्न बहुउपयोगी छ ।
- Author
- बाबुराम आचार्य
- Language
- Nepali
- Publisher
- फाइनप्रिन्ट बुक्स
- Edition
- प्रथम, २०७८ · ISBN 9789937746441.0
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
