NepalGuideServices · Rates · Jobs · Tools Search

आनन्द-शतक

लक्ष्मीप्रसाद देवकोटा

Cover of आनन्द-शतक

यो काव्य भुजङ्गप्रयात छन्दका द्रुततर नर्तनसँगै चतुष्पदीका रूपमा गीतिमय भई स्वच्छन्द किसिमले बगेको छ । प्रकृतिको शाश्वत मधुशालामा सौन्दर्यको मदिरा पिई-पिई आनन्दको निरन्तरताको अनुभव गर्ने खैयामेली कवि-चेतना यहाँ पनि प्रवाहित छ । यही परिप्रेक्ष्यमा उदयदेखि अस्तसम्मको प्राकृतिक उत्प्रेक्षण र जीवन-जगत्‌को सूक्ष्म पर्यवेक्षण गर्ने क्रममा यस काव्यमा देवकोटाको कल्पना-शक्तिले नवीन बेजोड भाव-बिम्बहरूको द्रुततर प्रक्षेपण गरेको छ र त्यो विलक्षण पनि छ । जीवन-जगत्‌को शाश्वत आनन्दमयताको यही विलक्षण अभिव्यक्ति नै यस काव्यको मूल प्राप्ति हो ।

Author
लक्ष्मीप्रसाद देवकोटा
Language
Nepali
Publisher
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान (मैना)
Edition
पहिलो, २०३९
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.