अमर-ज्योतिको सत्य-स्मृति
लेखनाथ पौड्याल
सत्य–स्मृति एक शोककाव्य हो। वि.सं. २००४ साल माघ १७ गते सत्यनिष्ठा र अहिंसाका प्रतीक महात्मा गान्धीको हत्या भएको दारुण घटना घट्यो। उक्त दुःखद समाचार रेडियोमार्फत लेखनाथ पौड्यालसम्म पुगेको थियो। महात्मा गान्धीप्रति गहिरो श्रद्धा राख्नुहुने कवि लेखनाथको हृदय यस घटनाले अत्यन्तै स्तब्ध र व्यथित बनायो। सोही पीडित तथा भावविह्वल मनोदशाबाट सत्य-स्मृति काव्यको सर्जना भएको हो। यो काव्य दुई खण्डमा विभक्त छः- पूर्व स्मृति र उत्तर स्मृति। बत्तीस मात्राको गीति लयमा आबद्ध यस काव्यमा पूर्व स्मृतिमा ४० श्लोक र उत्तर स्मृतिमा ४७ श्लोक रहेका छन्, जसअनुसार जम्मा ८७ श्लोकबाट काव्य सम्पन्न भएको छ। पूर्व स्मृतिमा महात्मा गान्धीको निर्मम हत्यापछि उहाँको पाञ्चभौतिक शरीरलाई चितामा समर्पण गरिँदासम्म घटित घटनाक्रमहरूको हृदयविदारक र संवेदनशील चित्रण गरिएको छ।उत्तर स्मृतिमा भने चिताबाट उदाएको प्रतीकात्मक सन्देशमार्फत सम्पूर्ण मानवताप्रति समर्पित भावनात्मक प्रस्तुति पाइन्छ। यस खण्डमा मानवता, करुणा, दया र प्रेमजस्ता सार्वभौमिक मूल्यहरूको गहिरो अभिव्यक्ति गरिएको छ। घृणा संसारको विनाशकारी तत्व हो र प्रेम सम्पूर्ण मानवताको मूल सार हो भन्ने अनुभूतिलाई यस काव्यले सरल, स्नेहिल र प्रभावकारी शैलीमा प्रस्तुत गरेको छ।
- Author
- लेखनाथ पौड्याल
- Language
- Nepali
- Publisher
- अनन्तनाथ शर्मा
- Edition
- पहिलो, २००८
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
