NepalGuideServices · Rates · Jobs · Tools Search

जंगबहादुरको बेलाइत यात्रा

कमल मणी दिक्षित

Cover of जंगबहादुरको बेलाइत यात्रा

सन् १८५० मा जङ्गबहादुर राणाले युरोपेली देशहरूको सैन्य शक्तिको अनुमान लगाउने उद्देश्यले बेलायत र फ्रान्सको भ्रमण गरेका थिए। भ्रमणको माध्यमबाट जङ्गबहादुर राणाले नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए। “२०१४ सालमा मदन पुस्कार पुस्तकालयले प्रकाशित गरिदिएको यो मेरो पैलो सम्पादित कृति हो। पछि एक संस्करण यसलाई जगदम्बा प्रेशले पनि प्रकाशित गर्‍यो तर त्यसपछि भने यसको प्रकाशनको जिम्मा साझा प्रकाशनले लिएको छ। यसको पाँचौ संस्करण प्रकाशित हुँदै छ भन्ने सुनेको छु। २०१४ सालको पहिलो संस्करणपछि यसमा हरेक संस्करणमा केही थपथाप भएरै आएको छ। ह्वेलपटन भन्ने अंग्रेजले यसको अंग्रेजीमा अनुवाद पनि गरेको थियो, केही वर्षअघि। “- कमलमणि दीक्षित Originally from: मदन पुरस्कार पुस्तकालय

Author
कमल मणी दिक्षित
Language
Nepali
Source
NepaliKitab.org
Licence
Used with permission of NepaliKitab.org

Reader comments

Be the first to comment.